Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बंलादेशले लगायो विलासी वस्तु आयातमा रोक

एजेन्सी । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले विदेशी मुद्राको घट्दो सञ्चितिलाई संरक्षण गर्न विलासी वस्तु आयातमा रोक लगाउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।

बंगलादेशको राजधानी ढाकामा आइतबार भएको सचिवस्तरीय बैठकमा उनले सो निर्देशन दिएकी हुन्। यद्यपि उनले थप अत्यावश्यक वस्तु आयात गर्नुपर्नेमा भने जोड दिएकी छन्।

प्रधानमन्त्री हसिनाले देशको वाणिज्य मन्त्रालयलाई ४० वटा विलासिताका सामानको आयातलाई निरुत्साहित गर्न र विदेशी मुद्रा बजारमा डलरको तरलता सुधार गर्न आयात शुल्क बढाउन आग्रह गरेकी थिइन्।

बंगलादेशको विदेशी मुद्रा सञ्चिति नोभेम्बर २३ मा ३४।१० अर्ब अमेरिकी डलर पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077