Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

एमाले कार्यालयमा स्वस्ति वाचनसहित ओलीलाई बधाई

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचित भएपछि स्वस्ति शान्ति वाचन गराउँदै शुभकामना तथा बधाई दिइएको छ।

पार्टी कार्यालय ललितपुरको च्यासलसमा मंगलबार एमालेको भातृसंगठन राष्ट्रिय जनसांस्कृतिक मञ्चले स्वस्ति शान्ति वाचन गराउँदै शुभकामना तथा बधाई दिएको हो।

पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा मंगलबार आयोजित कार्यक्रममा पण्डित वृहङगमराज तिमल्सिनाले शान्ति स्वस्तिका लागि मन्त्रोच्चारण गरेका गरेका थिए ।

स्वस्ति वाचनपछि पण्डितले अध्यक्ष ओलीलाई रुद्राक्षको माला लगाइदिएका थिए। कार्यक्रममा महासचिव शंकर पोखरेललगायतका नेताहरुको उपस्थित रहेको छ।

ओली झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ दोस्रो स्थान र समानुपातिकमा सर्वाधिक मत प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077