Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

स्वतन्त्रका कारण २५ सिट गुमेको एमालेको निष्कर्ष

काठमाडौं । नेकपा एमालेले मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरू (राष्ट्रिय स्वतन्त्र पार्टीसमेत) का कारण आफ्नो पार्टीले कम्तीमा २५ देखि ३० सिटसम्म गुमाउनुपरेको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

एमालेले गरेको चुनावको अनौपचारिक समीक्षामा पार्टीले जित्ने निश्चित भएका ८ निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार हाबी भएको र पार्टीका उम्मेदवार उपविजेता भएको औंल्याउँदै प्रत्यक्षमा करिब ८ सिट र समानुपातिकमा १७ सिट गुमाउनुपरेको निष्कर्ष निकालिएको हो । एमाले काठमाडौं २ र ५ तथा चितवन १ र २ मा चुनाव जित्नेमा ढुक्क थियो ।

काठमाडौं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले चुनाव जिते । काठमाडौंका अन्य क्षेत्रमा पनि एमाले राष्ट्रिय स्वतन्त्र पार्टीसँग दोस्रो भएको थियो ।

चितवन १ र २ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पहिलो हुँदा एमाले उम्मेदवार दोस्रो स्थानमा आए । सत्तारुढ दलबीच गठबन्धन नभएको भए प्रत्यक्षतर्फ एक सय सिट कटाउने समीक्षा एमालेको छ ।

हारजित भएका स्थानमा पनि झिनो मत रहेको समीक्षा गर्दै एमालेले आफूमाथि स्वतन्त्र र स्वतन्त्र पार्टीका नाममा प्रहार भएको निष्कर्ष निकालेको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077