Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वकपमा आज पनि चार खेल हुँदै, जित्नै पर्ने दबाबमा अर्जेन्टिना

काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा आज समूह ‘सी’ र ‘डी’ का दुई–दुई खेल गरी चार खेल हुँदैछन् ।

आज हुने समूह ‘डी’ का अन्तिम खेलमा अस्ट्रेलियाले डेनमार्कसँग खेल्दा ट्युनिसियाले फ्रान्ससँग खेल्नेछ । दुवै खेल नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि सुरु हुनेछन् ।

अस्ट्रेलिया र डेनमार्कबीचको खेल कतारको अल जनौब रंगशालामा हुनेछ । यता फ्रान्स र ट्युनिसियाबीचको खेल एजुकेसन सिटी रंगशालामा हुनेछ ।

यस्तै, समूह ‘सी’ का अन्तिम खेलमा अर्जेन्टिनाले पोल्यान्डसँग खेल्दा साउदी अरेबियाले मेक्सिकोसँग खेल्दै छ । दुवै खेल राति १२ः४५ बजेदेखि सुरु हुनेछ ।

पोल्याण्डविरुद्ध उत्रँदा अर्जेन्टिनालाई जित्नै पर्ने दबाब छ। यो खेल जितेको अवस्थामा अर्जेन्टिनाको समूह विजेता बन्दै नकआउटमा पुग्ने सम्भाबना बलियो हुन्छ। तर पोल्याण्ड भने बराबरीले पनि अघिल्लो चरणमा पुग्छ।

यस्तै अर्जेन्टिना र पोल्यान्डबीचको खेल रंगशाला ९७४ मा हुनेछ भने साउदी अरेबिया र मेक्सिकोबीचको खेल लुसैल रंगशालामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077