Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वेल्सलाई हराउँदै इंग्ल्याण्ड विश्वकपको अन्तिम १६ मा

काठमाडौं । इंग्ल्याण्ड कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ ।

अहमद अल बिन अली स्टेडियममा गएराति भएको खेलमा वेल्सलाई ३–० गोल अन्तरले हराउँदै इंग्ल्याण्ड नकआउट चरणमा पुगेको हो ।

इंग्ल्याण्डलाई जित दिलाउन मार्कुस राषफोर्डले दुई र फिल फोडेनले एक गोल गरे । जितसँगै इंग्ल्याण्ड समूह ‘बी’ को विजेता बनेको छ ।

उसले ३ खेलमा ७ अंक जोड्यो । वेल्स भने १ अंकका साथ पुछारमा रहँदै विश्वकपबाट बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077