Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

अमेरिकी र फ्रान्सेली राष्ट्रपतिबीच युक्रेन युद्धबारे वार्ता हुने

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडन र उनका फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोँबीच युक्रेन युद्धबारे वार्ता हुने भएको छ ।

राष्ट्रपति बाइडनले कार्यभार सम्हालेपछि पहिलोपटक फ्रान्सेली राष्ट्रपति म्याक्रोँ अमेरिकाको राजकीय भ्रमणमा जान लागेका हुन् ।

कोभिड महामारीका कारण रोकिएको फ्रान्सेली राष्ट्रपतिको भ्रमणका क्रममा महामारीका कारण उत्पन्न समस्या समाधान, युक्रेन युद्धले विश्वभर पारेको प्रभाव, युक्रेनलाई आर्थिक एवम् सैन्य सहयोग उपलव्ध गराउने, पारस्परिक सम्बन्ध विस्तार, विगतमा बिग्रेको दुई देशबीचको सम्बन्ध सुदृढीकरणलगायत समसामयिक विषयमा नेताद्वयबीच विचारविमर्श हुनेछ ।

ह्वाइट हाउसले अष्ट्रेलियालाई आणविक पनडुब्बी बेच्ने सम्झौताको घोषणा गरेपछि राष्ट्रपति म्याक्रोँले फ्रान्समा निर्मित डिजेलबाट सञ्चालन हुने पनडुब्बी बेच्ने सम्झौतालाई कमजोर पारेको अभिव्यक्ति दिँदा दुईदेशीय सम्बन्धमा चिसोपन आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077