Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमालेको विजय जुलुसमा ढुंगामुढा, तीन कार्यकर्ता घाइते

सुनसरी। सुनसरीको दुहबीमा नेकपा एमालेकी भगवती चौधरीको विजय जुलुसमाथि  कांग्रेसका कार्यकर्ताहरूले ढुंगामुढा गरेपछि तनाव उत्पन्न भएको छ ।

विजय जुलुसमा ढुंगामुढा प्रहार गरेपछि त्यहाँ दुवै पक्षबीच झडप भएको हो ।  जुलुसमा ढुंगा प्रहार भएपछि दुहवी नगरपालिका-९ छाताबेलीमा झडपसमेत भएको छ ।

एक्कासी ढुंगामुढा भएपछि केहीबेर सो क्षेत्र तनावग्रस्त बनेको प्रहरीले जनाएको छ । ढुंगा लागेर एमाले कार्यकर्ताहरू लालमोहम्वद रैन, कुर्वान मियाँ, तवरेज आलम घाइते भएका छन् ।

उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । अहिले सो क्षेत्रमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सुनसरी ३ मा कांग्रेसका विजयकुमार गच्छदारलाई पराजित गर्दै एमालेकी भगवती चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077