Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

बुधबार नेप्से परिसूचक ३ अंकले घट्यो, कारोबार रकम ८४ करोड

काठमाडौं । शेयर बजार आज बुधवार साढे तीन अङ्कले घटेको छ ।

शेयरबजार परिसूचक नेप्से आज तीन दशमलव ५१ अङ्कले घटेर एक हजार नौ सय ४९ दशमलव ८५ विन्दुमा झरेको छ ।

उप-समूहतर्फ माइक्रो फाइनान्स समूह तथा व्यापार समूह सामान्य बढेका छन् भने बाँकी ११ समूह घटेको छ ।

यस्तै परिसूचक घट्दा कारोबार रकममा पनि गिरावट देखिएको छ । अघिल्लो दिनको कारोबारमा ९५ करोडको कारोबार भएको बजारमा बुधबार ८४ करोडमा झरेको छ ।

आज ८४ करोड २६ लाख ९५ हजार ३०१ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । २३ लाख ५५ हजार ८४५ कित्ता सेयर १५ हजार ६९१ पटकमा खरिद बिक्री भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077