Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • धारिलो हतियारले घाँटी रेटी किशोरीको हत्या, एक घाइते

    धारिलो हतियारले घाँटी रेटी किशोरीको हत्या, एक घाइते

    अनलाइन नेपाल
  • बुधबार, १४ मंसिर २०७९
  • 825
    SHARES

    फाइल फोटो

    बैतडी । बैतडीमा एक किशोरीको घाँटी रेटी हत्या गरिएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका ४ सैलोडाकी २१ बर्षीया माया लुहारको हत्या गरिएको हो । सोही ठाउँकी १५ बर्षीया नेहा लुहार घाइते अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

    प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार मंगलबार बिहान १० बजे घरबाट पञ्चेश्वर गाउँपालिका ३ कुलाउमा लुगा सिलाउन गएका दुवै जना घर नफर्केपछि खोजी गर्दै जाँदा बुधबार माया मृत अवस्थामा फेला परेकी हुन् भने नेहा घाइते अवस्थामा फेला परेकी हुन् ।



    माया र नेहाको खोजी गर्दै जाँदा शिवनाथ गाउँपालका ६ शिवनाथ मन्दिर नजिकै टेलिफोन टावरको छेउमा मायाको शव फेला परेको हो भने पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सिमानास्थित बालाडाँगा भन्ने स्थानमा नेहा घाइते अवस्थामा फेला परेकी हुन् ।



    मायाको धारिलो हतियारले घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । नेहाको पनि घाँटीमा रेटिएको र उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन पठाइएको छ । घटनास्थल तर्फ प्रहरीको टोली गएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार