Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सँगै सुतेका आफ्नै साथीले गरे युवकको हत्या

    सँगै सुतेका आफ्नै साथीले गरे युवकको हत्या

    अनलाइन नेपाल
  • बिहिबार, ८ चैत्र २०८०
  • 3.4K
    SHARES

    झापा । झापामा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरिएको छ ।

    जिल्लाको साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका–२ स्थित गौरीशङ्करमा अन्दाजी ३५ वर्षीय सनम राईको हत्या गरिएको हो ।



    जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सनमको हत्या उनकै साथी अन्दाजी २५ वर्षीय लोकबहादुर राईले गरेका हुन् । लोकबहादुर गएराति सनमको घरमा गएर सुतेका थिए ।



    सुतिरहेको अवस्थामा खन्तीले सनमको टाउकोमा प्रहार गरी लोकबहादुरले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार