Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • भारतबाट चक्कु खरिद गरेर हजुरबुवा र नातिको हत्या

    भारतबाट चक्कु खरिद गरेर हजुरबुवा र नातिको हत्या

    अनलाइन नेपाल
  • आइतबार, ४ चैत्र २०८०
  • 2.6K
    SHARES

    परासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ३ मर्चहवामा हजुरबुवा र नातिको हत्यामा संलग्न दुई युवालाई प्रहरीले सार्वजनिक गरेको छ ।

    आइतबार जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले हत्या भएको ३२ दिनपछि प्रहरीले हत्यामा संलग्न भएको आरोपमा स्थानीय २९ वर्षीय अजय धरिकार र २० वर्षीय चन्दन हरिजनलाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।



    फागुन १ गते ६५ वर्षीय यक्षलाल चमार र ११ वर्षीय गौचरण चमारको हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।



    प्रहरीका अनुसार दोस्रो पक्षसँग भएको झैझगडाको रिसीइबीको कारण तेस्रो पक्षका हजुरबुवा र नातिको हत्या गरेको खुल्न आएको छ । शनिबार पक्राउ परेका दुवैलाई ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    कसरी भयो हत्या ?

    गत माघ २० गते चन्दन हरिजनले मापसे गरी सुस्ता गाउँपालिका ३ मर्चहवा बस्ने छिमेकीको मोटरसाईकलमा हानेपछी झगडा परेकोले ईलाका प्रहरी कार्यालय बेलाटारीमा निवेदन दिएका थिए ।

    सो बिषयमा माघ २८ गते ईलाका प्रहरी कार्यालय बेलाटारीमा दुई पक्षलाई झिकाई छलफल भयो ।

    सोही विषयमा रिसईवी राखी निज विपक्षीसंग बदला लिने योजना बनाई त्रिवेणी नाहन मेलाको मौका पारी निज चन्दन हरिजनको साथी अजय धरिकारले भारतबाट चक्कु खरिद गरी ल्याए ।

    भोलिपल्ट माघ २९ गते बेलुकी अक्षयलाल चमारको घर नजिक गई झगडा भएको छिमेकीलाई कुरेर बसेकोमा सो समयमा निजहरु नआएपछि योजना परिवर्तन गरी सोही स्थानमा बस्ने गरेका अक्षयलाललाई मारेमा त्यसको आरोप बिपक्षीलाई लगाउन सकिन्छ भन्ने मनसायले घटना घटाएको र संगै सुतेको नातिले देखेपछी उनीहरुले प्रतिवादीहरुलाई चिनेको हुँदा नातिको समेत हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार