Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपत्यका प्रहरी प्रमुखमा एआईजी दिवेश लोहनी

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दिवेश लोहनी काठमाडौं उपत्यका प्रहरी कार्यालय (मेट्रो) मा सरुवा भएका छन् ।

प्रहरी प्रधान कार्यालयमा कार्य विभाग र अपराध अनुसन्धान विभागमा कार्यरत एआईजी लोहनीलाई सरकारले उपत्यका प्रहरी कार्यालयमा काज सरुवा गरेको हो ।

कात्तिक २४ गते एआईजी रवीन्द्र धानुक अनिवार्य अवकाश पाएपछि कार्यालय प्रमुखको पद खाली रहेको थियो । दिवेश आईजीपी धीरजप्रताप सिंहकै ब्याची हुन् ।

उपत्यका प्रहरी कार्यालयले काठमाडौँ, भक्तपुर र ललितपुरको सुरक्षा कमान्ड गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077