Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्याङ्जा–२ मा आजै राति ९ बजेदेखि मतगणना हुने, सुरक्षा व्यवस्था कडा

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ को मतगणना बुधवार राति ९ बजेदेखि सुरु हुने भएको छ । निर्वाचन आयोगले मतगणना गर्न निर्देशन दिएपछि जिल्लामा बसेको सर्वदलीय बैठकले राति ९ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो ।

गएको मङ्सिर ४ गते मतदान सम्पन्न भएको भए पनि विवादका कारण यस क्षेत्रमा मतगणना सुरु हुन सकेको थिएन् । नेकपा एमालेले विभिन्न केन्द्रमा बुथ कब्जा भएको भन्दै पुन मतदान माग गरेको थियो ।

यसअघि आजै निर्वाचन आयोगले स्याङ्जा २ मा पुनः मतदान नगर्ने निर्णय गर्दै मतगणना गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो ।

विवादका बीच मतगणना सुरु हुन लागेपछि वालिङमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । सो क्षेत्रबाट नेकपा एमालेकी सचिव पद्‍मा अर्याल, नेपाली कांग्रेसबाट उपसभापति धनराज गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकराज गुरुङलगायत उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077