Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • बाजुराको मतगणना विवाद : सर्वदलीय बैठकमा गएन एमाले, बिहीबार बिहान ७ बजे पुनः बैठक बस्ने

    बाजुराको मतगणना विवाद : सर्वदलीय बैठकमा गएन एमाले, बिहीबार बिहान ७ बजे पुनः बैठक बस्ने

    अनलाइन नेपाल
  • बुधबार, १४ मंसिर २०७९
  • 672
    SHARES

    बाजुरा । बाजुरामा रोकिएको मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले बोलाएको सर्वदलीय बैठक नेकपा एमाले सहभागी नभएपछि निष्कर्षबिहीन भएको छ ।

    बुधबार अपराह्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको थियो । तर एमाले उपस्थित नभएपछि बैठक निष्कर्षबिहीन भएको हो ।



    सर्वदलीय बैठकमा नेकपा एमालेबाहेकका दल सहभागी थिए । बैठक फेरि भोलि बिहान ७ बजेलाई बोलाइएको बताइएको छ ।



    यता एमाले बाजुराले भने चेतन ऐडीको हत्यामा संलग्न पक्राउ गर्नुपर्ने, ऐडीको न्याय माग्दै शान्तिपुर्ण आन्दोलनका बेला गिरफ्तार भएकालाई निसर्त रिहा गर्नुपर्ने अडान राखेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार