Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • उत्तरी अफगानिस्तानस्थित मदरसामा विस्फोट, १० विद्यार्थीको मृत्यु

    उत्तरी अफगानिस्तानस्थित मदरसामा विस्फोट, १० विद्यार्थीको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १४ मंसिर २०७९
  • 777
    SHARES

    फाइल तस्विर

    एजेन्सी । उत्तरी अफगानिस्तानको एउटा धार्मिक विद्यालय अर्थात मदरसामा भएको एक शक्तिशाली बम बिस्फोटमा कम्तिमा १० जना विद्यार्थी मारिएका छन् ।

    सत्तारुढ तालिवान सरकारका अनुसार सामान्गान प्रान्तको एवाकस्थित सो विद्यालयमा भएको बम हमलामा अन्य थुप्रै व्यक्ति घाइते भएका छन् ।



    तर, मृतकको सङ्ख्या यकिन भइसकेको छैन । दुईजना प्रान्तीय अधिकारीले भने १७ जनाको ज्यान गएको बताएका छन् ।



    अहिलेसम्म यस आक्रमणको कुनै समूहले जिम्मेवारी लिइसकेको छैन । मानिसहरु प्रार्थना गरेर निस्किरहेका बेला बिस्फोट भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार