Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वकप फुटबल : समूह विजेता बन्दै अर्जेन्टिना नकआउट चरणमा प्रवेश

काठमाडौं । फिफा विश्वकप फुटबलमा पोल्यान्डलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा पुगेको छ ।

आज बिहान भएको खेलमा पोल्यान्डलाई २–० गोलले हराउँदै अर्जेन्टिना नकआउट चरणमा पुगेको हो ।

अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक आलिस्टरले खेलको ४६औँ र जुलियन अल्भारेजले ६७औँ मिनेटमा गोल गरे ।

बुधबार राति पहिलो हाफ गोलरहित भएको खेलमा दोस्रो हाफको दोस्रो मिनेटमा गोल गर्दै अर्जेन्टिनाले अग्रता लिएको थियो । जितसँगै अर्जेन्टिनाले ३ खेलमा ६ अङ्क जोड्न सफल भयो ।

यस्तै अर्जेन्टिनासँग हारेको पोल्यान्ड समूहको दोस्रो स्थानमा रहेर पनि अन्तिम १६ मा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077