Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बालेनले गरे साम्पाङको प्रशंसा, भन्छन् - हर्कजी जस्तो इमानदार नेता नेपालमा १०० वर्ष जन्मिँदैन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको प्रशंसा गरेका छन् । बुधबार राति साम्पाङको भिडिओ अन्तरवार्ता सेयर गर्दै मेयर बालेनले प्रशंसा गरेका हुन् ।

बालेनले फेसबुकमा भुषण दाहालले साम्पाङसँग लिएको अन्तरवार्ता सेयर गर्दै लेखेका छन्, ‘हर्कजी तपाईंजस्तो इमानदार नेता यो देशमा अझै १०० वर्ष जन्मिँदैन ।’

जुन भिडिओ अन्तरवार्तामा हर्कले सुकुम्बासीका विषय उठान गरेका छन् । भिडिओमा उनले धरानमा सुकुम्बासीभित्रको अवस्थाबारे बोलेका छन् ।

काठमाडौंस्थित थापाथलीमा आइतबार सुकुम्बासीमा डोजर लगाउन खोज्दा स्थानीयबासी प्रतिकारमा उत्रिँदा नगर प्रहरीहरु घाइते भएका थिए । यसै विषयमा हर्कले सुकुम्बासी बन्ने बनाउने खेलमा राजनीतिक स्वार्थ रहेको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077