Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

‘सायरा’ नेपालसँगै विश्वभर एकसाथ रिलिज हुने

काठमाडौं । बलिउड निर्देशक विशाल देसाईको निर्देशन रहने नेपाली फिल्म ‘सायरा’ विश्वव्यापी रुपमा प्रदर्शन हुने भएको छ ।

हालै काठमाडौंमा फिल्मका प्रस्तुतकर्ता रघु परियारले पावनी फिल्मस्का प्रवन्ध निर्देशक विशाल चौधरीसँग ‘वल्डवाइड रिलिज’ बारे सम्झौता गरेका छन् । पावनी फिल्मसले विश्वभर फिल्म रिलिज गर्दै आएको छ ।

पावनी फिल्मका प्रबन्ध निर्देशक चौधरीले नेपाली फिल्मसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।

आर्यन सिग्देल, सुफिया सिद्दिकी र कविता नेपालीको अभिनय रहने फिल्ममा भारतीय अभिनेता तथा मोडल धानिष सोनीको पनि अभिनय रहनेछ ।

फिल्मका निर्माता पुस्कर झा र कार्यकारी निर्माता काजीमान आत्रेय हुन् ।

नेपाली व्यानर डीबीआर मेडिया एण्ड मुभिज प्रालि र आइविल प्रोडक्सन अष्ट्रेलियाको संयुक्त लगानी रहने ‘सायरा’ ९० प्रतिशत अष्ट्रेलिया र १० प्रतिशत नेपालमा छायांकन हुँदैछ । ​

लभस्टोरी कथामा पूर्ण कमर्शियल बन्ने दाबी गरिएको फिल्म नयाँ वर्ष सन् २०२३ मा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077