Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भोट नहालेको भन्दै एमालेका कार्यकर्ताद्धारा निर्घात कुटपिट, ७ जना घाइते

महोत्तरी । निर्वाचनमा भोट नदिएको भन्दै  एमालेका कार्यकर्ताहरुले मतदातालाई कुटेका छन् ।

कुटपिटबाट ७ जना घाइते भएका छन् । महोत्तरी क्षेत्र नं. १ का निर्वाचित सांसद लक्ष्मी महतो समूहले निगौलका बस्तीमा पुगेर निर्घात कुटपिट गरेको स्थानीयले आरोप लगाएका छन् ।

मधेश आन्दोलनका क्रममा नेपाल प्रहरीका असई थमन विकको हत्याको आरोपित महतो फरार अभियुक्तको सूचीमा छन्।

निर्वाचनअघि पनि आफूलाई मतदान नगरे कुटपिट गर्ने धम्की दिएका महतोले निर्वाचित भएलगत्तै मंगलबार राती वस्तीमा केही समूह पठाएर कुटपिट गराएको स्थानीयले बताएका हुन्।

कुटपिट गर्नेहरुको पहिचान खुलाएर प्रहरीमा पीडितले दिएको निवेदन उपरछानविन भइरहेको गौशालाका सहायक प्रहरी निरीक्षक भुवनसिं कार्कीले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077