Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • चुनाव जितेपछि सञ्चारमन्त्री कार्कीले भने– मेराे निर्वाचन क्षेत्रको समृद्धिका लागि काम गर्छु

    चुनाव जितेपछि सञ्चारमन्त्री कार्कीले भने– मेराे निर्वाचन क्षेत्रको समृद्धिका लागि काम गर्छु

    अनलाइन नेपाल
  • बिहिबार, १५ मंसिर २०७९
  • 531
    SHARES

    फाइल तस्विर

    इनरुवा । सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका ज्ञानेन्द्र बहादुर कार्कीले आफ्नो क्षेत्रको समृद्धिका लागि अझै बढी काम गर्ने बताएका छन्।

    बिहीबार प्रतिनिधि सभा सदस्यमा सुनसरी क्षेत्र नं.४ बाट निर्वाचित भएसँगै सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री कार्कीले आगामी दिनमा सुनसरी–४ को समृद्धि र सम्मानका लागि काम गर्ने बताए ।



    ‘जुन विश्वासका साथ मलाई निर्वाचित गर्नुभएको छ, त्यो विश्वासलाई म अरु अभिवृद्धि गरेर लिएर जान्छु। र उहाँहरुको विश्वासलाई म घात गर्ने छैन,’ कार्कीले भने, ‘मैले धेरै कामहरु यो क्षेत्रमा गरेको छु। त्यसैको आधारमा मलाई विजय गराउनुभएको छ। अब ५ वर्षको कार्यकालमा अरु बढी कामहरु म गर्नेछु।’



    मन्त्री कार्की ३० हजार ४८३ मतका साथ सुनसरी ४ बाट विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जगदिश प्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार