Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • सरकारले अब आयोगसँग छलफल गरेर निर्वाचनको मिति तोक्छौं : सञ्चारमन्त्री कार्की

    सरकारले अब आयोगसँग छलफल गरेर निर्वाचनको मिति तोक्छौं : सञ्चारमन्त्री कार्की

    अनलाइन नेपाल
  • शनिबार, १५ माघ २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अब सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर स्थानीय निर्वाचनको मिति तोक्ने बताएका छन् ।

    पाँच दलीय सत्ता गठबन्धनको बैठकबाट जेठमा स्थानीय निर्वाचन गर्ने सहमति जुटेसँगै सरकारले आयोगसँग परामर्श गरेर मिति तोक्ने तयारी गरेको हो ।



    उनले भने–‘गठबन्धनले आगामी जेठभित्र स्थानीय निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । त्यसका लागि कानुनी अफ्ठ्याराहरू हुन सक्छन्, संविधानसँग हाम्रो स्थानीय तहको निर्वाचन ऐन बाझिएको अवस्था छ, त्यसैले कानुनमा समेत आवश्यक संशोधन गरेर जेठभित्रमा सरकारले स्थानीय निर्वाचन सम्पन्न गर्छ । अब सरकारले निर्वाचन आयोगसँग छलफल गरेर निर्वाचनको मिति तोक्छ ।’



    उनले निर्वाचन एकै चरणमा गर्ने वा के गर्ने भन्ने विषयमा सरकारले आयोगसँग छलफल गरेपछि मात्रै टुंगो लाग्ने बताए । शनिबार बसेको सत्ता गठबन्धनको बैठकले जेठभित्र स्थानीय निर्वाचन गर्ने सहमति जुटाएको हो । शनिबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सत्ता गठबन्धनको बैठक दुई चरणमा बसेको थियो ।

    यसअघि गठबन्धनले असोजपछि मात्रै स्थानीय निर्वाचन गर्ने गरी छलफल चलाउँदै आएको थियो । तर, शनिबार बिहानमात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल स्थानीय निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

    निर्वाचन आयोगले यसअघि नै वैशाखमा निर्वाचन गर्न मिति प्रस्ताव गरिसकेको छ । तर, आयोगको प्रस्तावविपरीत गठबन्धनले निर्वाचन सार्ने प्रपञ्च रचेको भन्दै चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री देउवाले गठबन्धनमा जेठमै निर्वाचन गर्ने सहमति जुटाएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले समेत बिहीबार देउवासँगको भेटमा लिखितरुपमै स्थानीय निर्वाचन नसार्न आग्रह गरेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार