Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • अनेरास्ववियुका नेता हत्याप्रकरण : बाजुराका एक वडाध्यक्ष पक्राउ

    अनेरास्ववियुका नेता हत्याप्रकरण : बाजुराका एक वडाध्यक्ष पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १५ मंसिर २०७९
  • 1K
    SHARES

    बाजुरा । बाजुरामा अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीको हत्या आरोपमा त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडी पक्राउ परेका छन् ।

    मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा अनुसन्धानका लागि वडाध्यक्ष अयडीलाई पक्राउ गरिएको हो । उनीसँगै अन्य दुई जनालाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।



    अनेरास्वियुको सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटीका अध्यक्ष समेत रहेका अयडीको मंसिर ४ गते त्रिवेणी नगरपालिका–७ को



    नाटेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा मतदानका क्रममा भएको विवादलाई लिएर कांग्रेसका कार्यकर्ताले कुटपिट गरेपछि उपचारका क्रममा मृत्यु भएको एमालेको आरोप छ ।

    मतदान सकेर घर फर्किएका अयडीमाथि राति घरमै आक्रमण गरेर कुटपिट गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार