Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बर्दियाबाट अवैध हातहतियारसहित एकजना पक्राउ

बर्दिया । बर्दियामा अवैध हातहतियारसहित एकजना पक्राउ परेका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्ज कार्यालयका कर्मचारीसहितको संयुक्त गस्ती टोलीले बुधबार उनलाई पक्राउ गरेको हो ।

जिल्लाको बाँसगढी नगरपालिका–८ स्थित बनगाईमा लुकाइ राखेको अवस्थामा हतियार बरामद गरेको छ । साथै उनको साथबाट बन्दुकको जगेडा ब्यारोल एक, बारुद भर्ने गज एक, बारुद १५ ग्राम, डेटोनेटर ८ वटा, केप २१ वटा, ठूलो छर्रा ६५,
सानो छर्रा ४५० र गोली १७५ वटा बरामद गरिएको सेनाले जनाएको छ ।

पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीको लागि बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077