Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

विश्वकपमा इरान पराजित भएको भन्दै खुसी मनाउने समर्थकको गोली हानी हत्या

एजेन्सी । कतारमा जारी विश्वकपमा आफ्नो टिम पराजित भएर बाहिरिँदा खुसीयाली मनाउने एक समर्थकलाई गोली गोली हानी हत्या गरिएको छ ।

आफ्नै देशको हारमा खुसी मनाउँदै नाचेको भन्दै मेहरान समकलाई इरानी सुरक्षाकर्मीले उनको गाडीनजिकै पुगेर गोली हानेर हत्या गरेका हुन् ।

ओस्लोस्थित इरानी मान अधिकारवादी समूहको दाबीअनुसार अमेरिकाले इरानलाई पराजित गरेपछि २७ वर्षीय समकले बन्दर अन्जाली भन्ने ठाउँमा आफ्नो गाडीको हर्न बजाएर खुसी मनाइरहेका थिए।

यति नै बेला सुरक्षाकर्मी उनको गाडीनजिकै पुगेर गोली हानेको बताइएको छ। मंगलबार राति विश्वकपको समूह ‘बी’अन्तर्गत अमेरिकासँगको खेलमा इरान ०–१ गोलले पराजित भएको थियो । इरानमा अहिले सरकारको विरोधमा प्रदर्शन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077