Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वी नवलपरासीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, सात घाइते

पूर्वी नवलपरासी । पूर्वी नवलपरासीको राइकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

महेन्द्र राजमार्गमा पर्ने दलदले बजारबाट डेढगाउँतर्फ जाँदै गरेको ग ०४००१ च ०००६ नम्बरको जिप बिहीबार साँझ दुर्गम पहाडी हुप्सेकोट गाउँपालिका-५ कान्छीपानीमा भीरबाट खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको छ ।

उनीहरु सनाखत भइसकेको छैन । घाइतेहरुलाई उद्धार गरेर प्रहरीले अस्पताल पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077