Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पहिलो हाफमा क्यानडाविरुद्ध मोरक्कोको अग्रता, बेल्जियम र क्रोएसिया गोलरहित बराबरी

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलअन्तर्गत अहिले मोरक्को र क्यानडा तथा बेल्जियम र क्रोएसियाबीच खेल जारी छ ।

समूह एफको अन्तिम खेलमा मोरक्कोले पहिलो हाफमा क्यानडामाथि २–१ को अग्रता लिएको हो ।

मोरक्कोका लागि हाकिम जियाच र इन नेस्रीले गोल गरे । यस्तै मोरक्कोका अगुर्डले क्यानडालाई आत्मघाती उपहार दिए ।

यसै समूहको अर्को खेलमा मध्यान्तरअघि बेल्जियम र क्रोएसियाले गोलरहित बराबरी खेलेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077