Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वकप फुटबल : कोस्टारिकालाई हराए पनि समूह चरणबाटै बाहिरियो जर्मनी

काठमाडौं । फिफा विश्वकप फुटबलमा कोस्टारिकालाई हराए पनि जर्मनी भने समूह चरणबाटै बाहिरिएको छ । समूह ‘ई’ को अन्तिम खेलबाट नकआउट चरण पुग्ने समीकरण पक्का भएको छ ।

अन्तिम खेलमा जापान र जर्मनीले जित हासिल गरे । जापानले स्पेनलाई २–१ गोलले पराजित गर्दै समूहको शीर्षस्थानमा रहेर अन्तिम–१६ मा पुग्यो ।

स्पेन पराजित भए पनि जर्मनीसँग गोलअन्तरमा अघि रहँदा नकआउट चरणमा पुग्न सफल भयो । जर्मनीले अन्तिम खेलमा कोस्टारिकालाई ४–२ गोलले हराए पनि अघि बढ्न सकेन ।

समूह ईमा रहेका यी चार टोलीबाट अब जापान र स्पेन अर्को चरणमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077