Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

स्पेनलाई हराउँदै जापान विश्वकपको अन्तिम १६ मा

काठमाडौं । एसियाली फुटबलको ‘सुपरहाउस’ जापान कतारमा जारी विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ ।

पूर्वविश्व च्याम्पियन स्पेनसँग पहिलो हाफमा एक गोलले पछाडि परेको नतिजा उल्टाउँदै जापान कआउट चरण प्रवेश गरेको हो ।

दोस्रो हाफको ६ मिनेटभित्र जापानले २ गोल गर्दै स्पेनलाई मात्र होइन, ४ पल्टको विश्व च्याम्पियन जर्मनीलाई पनि स्तब्ध पार्यो। समूह ‘इ’ अन्तर्गत बिहीबार राती भएको अर्को खेलमा जर्मनीले ४–२ गोलले कोस्टारिकालाई पराजित गरे पनि अन्तिम १६ मा प्रवेश पाउन सकेन।

जापान समूह विजेता बन्दै नकआउटमा प्रवेश गरेको हो । बिहिबार समूह चरणको अन्तिम खेलमा स्पेनलाई पनि उसले २–१ गोलले नै स्तब्ध पार्यो।

जापानको जितमा रित्सु दोवान र आवो तानाका हिरो सावित भए । स्पेनका लागि अल्भारो मोराटाले ११ मिनेटमा गोल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077