Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

क्यानडालाई हराउँदै मोरोक्को ३६ वर्षपछि विश्वकपको नकआउट चरणमा

काठमाडौं । कतारमा जारी विश्वकप फुटबल अन्तर्गत मोरोक्को समूह ‘एफ’को विजेता बन्दै विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा क्यानडालाई हराउँदै मोरोक्को ३६ वर्षपछि विश्वकपको नकआउट चरणमा पुगेको हो ।

मोरोक्कोले चौथो मिनेटमै खेलमा अग्रता लिएको थियो। क्यानडाका गोलकिपर मिलान बोर्यानको गल्तिलाई हाकिम जियेकले गोलमा परिणत गरेका थिए।

२३औँ मिनेटमा युसेफ एन-नेसिरीले गोल गर्दै मोरोक्कोको अग्रता दोब्बर पारे। ४०औँ मिनेटमा नायेफ अगुएर्डले क्यानडाका लागि गोल गर्दै खेलमा फर्किने प्रयास गरेपनि मोरोक्कोले अन्ततः २-१ को विजय हासिल गर्‍यो।

मोरोक्को यसअघि सन् १९८६ मा मात्रै अन्तिम १६ मा पुगेको थियो। विश्वकप २०१८ को उपविजेता क्रोएसियालाई उछिन्दै मोरोक्को समूह विजेता बनेकोहो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077