Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • विश्वकप फुटबल : क्रोएसिया नकआउट चरणमा, बेल्जियम बाहिरियो

    विश्वकप फुटबल : क्रोएसिया नकआउट चरणमा, बेल्जियम बाहिरियो

    अनलाइन नेपाल
  • शुक्रबार, १६ मंसिर २०७९
  • 726
    SHARES

    काठमाडौं । बेल्जियम विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।

    विश्वकप फुटबल अन्तर्गत गएराति अहमद बिन अल स्टेडियममा भएको निर्णायक खेलमा क्रोएसियासँग बराबरी खेल्दै समूह चरणाबटै बाहिरिएको हो ।



    चार वर्षअघि रसियामा भएको विश्वकपमा तेस्रो बनेको बेल्जियमले तीन खेलमा मात्र एक जित र एक गोल गर्दै प्रतियोगितामा निराशाजनक प्रदर्शन गरेको छ । बेल्जियम विश्व वरीयतामा दोस्रो स्थानमा रहेको टोली हो ।



    खेलमा बराबरी खेल्दै क्रोएसियाले ३ खेलबाट ५ अंक जोड्यो । यता बेल्जियमले ३ खेलबाट ४ अंक जोडेर बाहिरियो । विश्वकप २०१८ को फाइनलमा पुगेको क्रोएसिया समूह ‘एफ’बाट उपविजेताको रूपमा अघिल्लो चरणमा पुगेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार