Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्याङ्जा २ मा धनराजको अग्रता कायमै, पछिपछि पद्मा अर्याल

काठमाडौं । मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरूङले निरन्तर अग्रता लिइरहेका छन्।

मतगणनाको पछिल्लो विवरण अनुसार गुरूङले १३ हजार २ सय ४० मत ल्याएका छन्। यहाँ नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालले ११ हजार ८०५ मत ल्याएकी छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरूङले ५ हजार ८७६ मत ल्याएका छन्। यस्तै प्रदेश सभातर्फ १ मा नेपाली कांग्रेसका भोजराज अर्याल विजयी भइसकेका छन्।

यस्तै प्रदेश सभा २ मा नेकपा एमालेका उम्मेदवार बुद्धिमान श्रेष्ठले सुरूआती अग्रता बनाएका छन्। उनले १२१५ मत पाउँदा नेपाली कांग्रेसका महेश भट्टराईले ३०२ मत पाएका छन्।

उनीहरूबीच ९१३ को मतान्तर छ। मंसिर ४ मा मतदान भए पनि विवादका कारण स्याङ्जा २ मा मतगणना सुरू हुन सकेको थिएन। निर्वाचन आयोगको निर्णयपछि ढिला गरी मतगणना सुरू गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077