Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार

रुपन्देही । कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार भएको छ । जिल्लाको मायादेवी गाउँपालिका ४ चाकरचौडामा भारत सिद्धार्थनगर जिल्लाको अलिगढवाका ३५ वर्षीय ईरशाद खान माथि दुई गोली प्रहार भएको हो ।

चाकरचौडा बजारको एक होटलमा रहेका भारतीय नागरिक खान माथि काँध र कम्मरमा गरी दुई गोली लागेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

गोली लागेर घाइते भएका उनलाई उपचारको लागि भारतको गोरखपुर मेडिकल कलेज पु¥याइएको प्रहरीले जनाएको छ । गोली हान्ने व्यक्तिको पहिचान भएको छैन ।

भारतीय प्रहरीसँगको समन्वयमा गोली हान्ने व्यक्तिको खोजी र अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077