Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

क्रिस्टियानो रोनाल्डोलाई साउदी अरबको यस्तो प्रस्ताब

एजेन्सी। पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो कतारमा जारी फिफा विश्वकप २०२२ मा चर्चामा छन् ।

पोर्चुगलले राउण्ड–१६ मा आफ्नो स्थान पक्का गरिसकेको छ र अब उसको नजर विश्वकप जितेर इतिहास रच्नेमा छ ।

यसैबीच, क्रिस्टियानो रोनाल्डो फ्रेन्चाइजी फुटबलको लागि हेडलाइन बनिरहेका छन् किनभने उनलाई ऐतिहासिक सम्झौताको प्रस्ताव गरिएको छ।

३७ वर्षीय क्रिस्टियानो रोनाल्डोलाई साउदी अरेबियाको एक क्लबमा ट  आबद्ध हुने प्रस्ताव आएको छ ।

यो अफर २०२३ देखि २०२५ सम्मको लागि हो।

साउदी अरेबियाको क्लब अल नासरले क्रिस्टियानो रोनाल्डोलाई हरेक सिजनका लागि २० करोड युरो अर्थात् ३ वर्षसम्म ६० करोड युरो दिने प्रस्ताब गरेको छ । यो पूरै सम्झौता भारतीय रुपैयाँ अनुसार ४ हजार करोडभन्दा बढीको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077