Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

जग्गा विवादका कारण धनुषामा एक जनाको हत्या, ६ जना पक्राउ

काठमाडाैं । जग्गाको विषयमा विवाद हुँदा धनुषामा एकजनाको मृत्यु भएको छ ।

धनुषाको मिथिला बिहारी नगरपालिका–४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादव र ४२ वर्षीय सुरज यादवबीच जग्गा जमिनको विषयमा विवाद हुँदा बिहीबार राति प्रभु यादवको मृत्यु भएको हो ।

कुटपिटबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार राति खाना खाएर बसिरहेका बेला सुरज यादव समूहले आएर प्रभु यादव र उनका परिवारमाथि कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा, इलाका प्रहरी कार्यालय धनुषाधाम, इलाका प्रहरी कार्यालय सबैला र प्रहरी चौकी ललियाबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न सोही ठाउँ बस्ने २७ वर्षीय गणेशकुमार यादव सहित ६ जनालाई पक्राउ गरेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077