Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस नेता भण्डारीले भने - वर्तमान नेतृत्वबाट चुनौतीको समाधान हुँदैन

गुल्मी । नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीले वर्तमान नेतृत्वबाट चुनौतीको समाधान वर्तमान नेतृत्वबाट चुनौतीको समाधान नहुने बताएका छन् ।

गुल्मी सदरमुकाम तम्घासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद भण्डारीले यस्तो बताएका हुन् ।

उनले वर्तमान पार्टीका नेतृत्वहरुबाट अहिले देखिएका चुनौतीको समाधान हुन नसक्ने बताए।

सांसद भण्डारीले वर्तमान पार्टीका नेतृत्वहरु शारीरिक रुपले पनि अस्वस्थ भएकाले चुनौतीको समाधान गर्न नसक्ने बताए ।

वर्तमान समस्यालाई समाधान गर्नका लागि युवाहरु नेतृत्वमा आउनुपर्ने उनले बताए । सरकारको नेतृत्व कस्ले गर्ने भन्नेबारे पार्टीभित्र र गठबन्धन भित्र बसेर सहमति गरिने उनको भनाइ छ ।

पार्टीभित्र र गठबन्धन भित्र झगडा र आन्तरिक किचलो नहुने गरी सहमतिमै सरकार गठन हुने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077