Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपालले नामिबियालाई दियो १९८ रनको लक्ष्य, ज्ञानेन्द्रको कीर्तिमानी अर्धशतक

काठमाडौं । विश्वकप क्रिकेट लिग-२ को त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपालले नामिबियालाई एक सय ९८ रनको लक्ष्य दिएको छ ।

वान्डेरेर्स क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९ ओभर ५ बलमा सबै विकेट गुमाएर एक सय ९७ रन बनायो । नेपालका लागि ज्ञानेन्द्र मल्लले ७५ रन बनाए ।

यस्तै आरिफ शेखले २३, आसिफ शेखले २० रन बनाए । बलिङतर्फ नामिबियाका तानगेनी लुङ्गामेनीले तीन र कार्ल बिरकेनस्टकले दुई विकेट लिए ।

आजको अर्धशतकसँगै ज्ञानेन्द्र नेपालबाट एकदिवसीयमा छ वटा अर्धशतक बनाउने पहिलो खेलाडी बनेका छन् । उनीपछि आसिफ शेख र रोहित पौडेलले पाँचरपाँच वटा अर्धशतक बनाएका छन् ।

यो शृङ्खलामा घरेलु टोली नामिबियासहित नेपाल र स्कटल्यान्ड सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077