Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेनलाई भीम रावलको प्रश्न : अमेरिकी राजदूतलाई भेट्दा परराष्ट्रको अनुमति लिएको हो ?

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले अमेरिकी राजदूतसँग गरेको भेटवार्तामा प्रश्न उठाएका छन् । बालेनले बिहीवार अमेरिकी राजदूतसँग भेट गरेको विषयमा रावलले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका हुन् । नेपालको परराष्ट्र सम्बन्धन मामिला संघीय सरकारमातहत रहने स्मरण गराउँदै उनले यदि बालेन्द्रले परराष्ट्रमन्त्रालयको अनुमति नलिइ अमेरिकी राजदूत भेटेको भए त्यो आपत्तिजनक हुने बताए । उनले ट्वीटरमा लेखेका छन्, 'नेपालको परराष्ट्र सम्बन्ध संघीय सरकारको मातहतमा रहने संविधानको स्पष्ट व्यवस्था छ ।कामपाका प्रमुख वालेन साहाले अमेरिकी राजदूतसंग भेटवार्ता बारे विषय जानकारी गराई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन ? स्पष्ट गरियोस् । संविधान र स्वाधीन देशको स्वाभिमान र मर्यादाको रक्षा गरौं ।'  

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077