Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

धनगढीमा जारी निषेधाज्ञा शनिबार बिहानदेखि हट्ने

कैलाली । धनगढीमा ग्रेडरले किचेर १५ वर्षीया बालिका चेतना साउदको मृत्यु भएपछि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा शनिबार बिहानबाट हट्ने भएको छ ।

बिहीबार साँझदेखि धनगढीमा जारी गरेको निषेधाज्ञा शनिबार बिहान ४ बजेदेखि मात्रै हटाइने भएको हो ।

जिल्ला प्रशासन कार्यालय कैलालीले आज साँझ जारी गरेको निषेधाज्ञा सम्बन्धी सूचनामा विद्यालयतर्फ जाँदै गरेकी गणेश साउदकी १५ वर्षीया छोरी चेतना साउदको धनगढी पीपलचौतारा सडक खण्डमा सडक निर्माणमा प्रयोग भइरहेको ग्रेडरको ठक्करबाट मृत्यु भएपश्चात् शान्तिसुरक्षालाई सामान्य तुल्याउन जारी निषेधाज्ञा यही मङ्सिर १७ गते बिहान ४ बजेदेखि हटाइएको उल्लेख गरिएको छ ।

किशोरीको मृत्युको घटनापछि शान्ति सुव्यवस्थाको अवस्थालाई दृष्टिगत गरी स्थानीय प्रशासनले बिहीबार साँझ ७ बजेदेखि अर्को आदेश नभएसम्मका लागि धनगढीको घटनास्थल आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077