Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

क्यामरुनसँग हारेपनि ब्राजिल बन्यो समूह विजेता

काठमाडौं । कतारमा जारी विश्वकप फुटबल अन्तर्गत समुह चरणको अन्तिम खेलमा ब्राजिल क्यामरुनसँग पराजित भएको छ ।

लुसैल स्टेडियममा शुक्रबार मध्यराति भएको खेलमा ब्राजिल क्यामरुनसँग १–० गोल अन्तरले पराजित भएको हो ।

क्यामरुनको जितमा भिसेन्ट अबुबाकरले गोल गरे । पराजित हुनका बाबजुद यसअघि नै नकआउट चरणमा पुगिसकेको ब्राजिल समूह जीको विजेता बनेको छ ।

यस्तै समूह जीबाट ३ अंक जोडेको क्यामरुन र मात्र १ अंक जोडेको सर्बिया बाहिरिएका छन्। योसँगै विश्वकप फुटबलअन्तर्गत अन्तिम १६ समीकरण पूरा भएको छ । समूह जीका खेल सकिएसँगै नकआउट समीकरण पूरा भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077