Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्याङ्जा–२ मा धनराजको अग्रता कायमै, पद्मा अर्याल २२१३ मतले पछि

स्याङ्जा । स्याङ्जा–२ मा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता कायमै राखेका छन् ।

उनले नेकपा एमालेकी पद्मा कुमारी अर्याललाई २२१३ मतले पछि पार्दै अग्रता कायम राखेका हुन् ।

पछिल्लो मत परिणामअनुसार गुरुङले २२ हजार ४८० मत ल्याए । एमालेकी अर्यालले २० हजार २६७ मत प्राप्त गरिन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकबहादुर गुरुङले ७ हजार २३८ मत पाए । स्याङ्जा–२ मा ७० हजार १९१ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077