Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सर्बियालाई हराउँदै स्विटजरल्यान्ड विश्वकपको नकआउट चरणमा

काठमाडौं । कतार विश्वकप २०२२ अन्तर्गत समूह जी को उपविजेता बन्दै स्विटजरल्यान्ड नकआउट चरणमा पुगेको छ ।

समूह अन्तर्गत स्वीजरल्याण्डले सर्बियाविरुद्ध ३-२ को जित निकाल्दै विश्वकपको राउण्ड १६ मा स्थान बनाएको हो ।

समूह जी बाट ब्राजिल ३ खेलमा ६ अंकसहित पहिलो हुँदै राउण्ड १६ मा पुगेको छ भने स्विटजरल्यान्ड को पनि ३ खेलमा ६ अंकसहित समूह उपविजेता हुँदै राउण्ड १६ मा पुगेको छ ।

अब राउण्ड १६ मा ब्राजिलले दक्षिण कोरियाको सामना गर्ने छ भने स्विटजरल्यान्डले पोर्चुगलको सामना गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077