Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वकप फुटबल : आजबाट नकआउट चरणका खेल हुँदै, को–कोसँग भिड्दैछन् ?

काठमाडौं । कतारमा जारी विश्वकप फुटबल २०२२ अन्तर्गत आज शनिबारबाट नकआउट चरणका खेलहरु सुरु हुँदैछन् । शनिबार चरणका दुई खेलहरु हुनेछन् । शनिबार राति पौने ९ बजे सुरु हुने खेलमा नेदरल्यान्ड्स र अमेरिका भिड्ने छन् ।

नेदरल्यान्ड्स समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो भने अमेरिका समूह ‘बी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् । शनिबार राति पौने १ बजे हुने खेलमा अर्जेन्टिना र अष्ट्रेलिया भिड्ने छन् ।

अर्जेन्टिना समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो भने अष्ट्रेलिया समूह ‘डी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

यस्तो छ नकआउट चरणका खेल तालिका

नकआउट चरणको पहिलो खेलमा राति ८ः४५ बजे नेदरल्याण्ड्स र अमेरिका भिड्नेछन् । मध्यराति १२ः ४५ बजे अर्जेन्टिना र अष्ट्रेलियाबीचको खेल हुनेछ । यी दुई टोलीका विजेताको भेट क्वार्टर फाइनलमा हुनेछ ।

आइतबार राति ८ः४५ बजे फ्रान्स र पोल्याण्ड भिड्दा राति १२ः४५ बजे इङ्ल्याण्डले सेनेगलको सामना गर्नेछ। यी दुई खेलका विजेताको भेट पनि क्वार्टर फाइनलमा हुनेछ।

सोमबार राति ८ः४५ बजे जापानले क्रोएसियाको सामना गर्दा राति १२ः४५ बजे ब्राजिल र दक्षिण कोरियाबीच खेल हुनेछ।

मंगलबार राति नकआउट चरणका दुई खेल भएसँगै क्वार्टरफाइनलमा पुग्ने ८ टोलीको टुंगो लाग्ने छ। अन्तिम रात मोरक्को र स्पेन ८ः४५ बजे भिड्ने छन् भने पोर्चुगल र स्विटजरल्याण्डको खेल राति १२ः४५ बजे हुनेछ । एकै रात हुने दुई खेलका विजेताको भेट क्वार्टरफाइनलमा हुनेछ।

आगामी शनिबार राति ८ः४५ बजे पहिलो क्वार्टर फाइनल खेल हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077