Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसदको पहिलो बैठकमा एमसीसी र वाइडबडीविरुद्ध आवाज उठाउँछु : ज्ञानेन्द्र शाही

काठमाडौं । जुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले संसदको पहिलो बैठकमै एमसीसीविरुद्ध आवाज उठाउने बताएका छन् ।

निर्वाचित भएपछि शनिबार काठमाडौं आएका शाहीले विमानस्थलमा सञ्चारकर्मी र समर्थकमाझ सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘अब हाम्रो लडाइ भ्रष्टाचार विरुद्ध । अब हाम्रो लगाइ रोजगारी सिर्जना गर्नका लागि हुनेछ।‘अहिलेको कानुनले भ्रष्ट्राचार नियन्त्रण भएन । अब ठूलठूला काण्ड मच्चाउनेलाई यो पाँच वर्षभित्र जेल हाल्न सकिएन भनेपनि कठघरामा उभ्याउनेछु ।’

उनले पहिलो बैठकमै अमेरिकी सहयोग परियोजना (एमसीसी) र वाइडबडी खरिदजस्ता ठूला भ्रष्टाचार काण्डको विषयमा आवाज उठाउने बताए ।

आफ्नो ५ वर्षे कार्यकालमा कानुन बनाएर ठूला भ्रष्ट्राचार काण्डका दोषीलाई जेल हाल्ने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077