Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

स्याङ्जा २ मा कांग्रेसका उम्मेदवार गुरुङको जित पक्का, गन्न बाँकीभन्दा अग्रता बढी

काठमाडौं । स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको जित सुनिश्चित भएको छ।

जारी मतगणनामा पछिल्लो मत परिणामअनुसार गणना हुन बाँकी मतभन्दा अग्रताको मत बढी देखिएकोले जित निश्चित भएको हो।

प्राप्त पछिल्लो मतपरिणाम अनुसार गुरुङले २९ हजार ५६६ मत ल्याउँदा एमाले उम्मेदवार पद्मा अर्यालले २३ हजार ५९२ मत प्राप्त गरेकी छिन्।

गुरुङ र अर्यालबीचको मतान्तर ५९७४ छ। यहाँ अब मतगणना हुन ४८७१ मत मात्र बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077