काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत प्रिक्वाटर फाइनलको पहिलो खेलमा नेदरल्याण्ड्सले अमेरिकाविरुद्ध पहिलो गोलको अग्रता लिएको छ ।
नेदरल्याण्ड्सलाई अग्रता दिलाउने क्रममा खेलको १० औं मिनेटमा मेम्फिस डिपेइले गोल गरेका हुन् । ।
उनले डुम्फ्रिजको पासमा डिबक्सभित्र अनमार्क रहेको अवस्थामा गोल गरे ।
आजको विजेता क्वार्टरफाइनलमा पुग्नेछ भने पराजित टोली घर फर्किनेछ।