Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पहिलो हाफमा अमेरिकाविरुद्ध नेदरल्याण्ड्सलाई दुई गोलको अग्रता

काठमाडौं । नेदरल्याण्ड्सले कतार विश्वकपको अन्तिम–१६ मा अमेरिकाविरुद्ध पहिलो हाफमा २–० को अग्रता लिएको छ ।

मेम्फिस डिपाए र ड्यानी ब्लाइन्डको गोलमा नेदरल्याण्ड्सले पहिलो हाफमा २–० को अग्रता लिएको हो ।

नेदरल्यान्ड्सले मेम्फिस डिपाएको गोलबाट दशौँ मिनेटमा अग्रता लिएको थियो । बार्सिलोनाका फरवार्ड डिपाएले डेन्जेल डमफ्रिजको क्रसलाई पोस्टको दिशा दिएका हुन् ।

ब्लाइन्डले इन्ज्युरी समयमा नेदरल्यान्ड्सको अग्रता दोब्बर बनाए । ब्लाइन्डको गोलमा पनि डमफ्रिजले क्रस गरेका थिए । आजको विजेता क्वार्टरफाइनलमा पुग्नेछ भने पराजित टोली घर फर्किनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077