Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अमेरिकालाई हराउँदै नेदरल्याण्ड्स क्वार्टरफाइनलमा, अमेरिका बाहिरियो

काठमाडौं । अमेरिकालाई हराउँदै नेदरल्याण्ड्स फिफा विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

डेन्जल डम्फ्रिजको उत्कृष्ट प्रदर्शनप्रेरित नेदरल्याण्ड्सले अमेरिकालाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलेका पछिल्ला तीन विश्वकपमा लगातार क्वार्टरफाइनलमा पुर्याउन डम्फ्रिजले दुई असिस्ट र एक गोलसहित उत्कृष्ट प्रर्दन गरे । अमेरिकाको तर्फबाट हाजी राइटले गोल गरे ।

अब नेदरल्याण्ड्सले सेमिफाइनल प्रवेशका लागि अर्जेन्टिना र अस्ट्रेलियाको विजेतासँग खेल्ने छ । अर्जेन्टिना र अस्ट्रेलियाबीचको खेल पनि आज राति नै हुनेछ ।

१२ औँ पटक विश्वकप खेलेको अमेरिका भने लगातार चौथो पटक नकआउट चरणबाट बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077