Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अष्ट्रेलियालाई हराउँदै अर्जेन्टिना क्वार्टरफाइनलमा

काठमाडौं । अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

गएराति अहमेद बिन अलि स्टेडियममा भएको खेलमा अस्ट्रेलियालाई २–१ ले हराउँदै अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

अर्जेन्टिनालाई जित दिलाउने क्रममा लियोनेल मेस्सी र जुलियान अल्भारेजले एकएक गोल गरे। इन्जो फर्नान्डेजको आत्मघाती गोलमा अष्ट्रेलियाले एक गोल उपहार पायो ।

यसअघि २०१८ को विश्वकपमा अर्जेन्टिना अन्तिम १६ बाटै बाहिरिएको थियो । अब क्वार्टरफाइनलमा नेदरल्याण्ड्ससँग भिड्ने छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077