Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फिफा विश्वकप : नकआउट चरणका दुई खेल हुँदै, कुन-कुन टिम भिड्दै ?

काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा आज अन्तिम–१६ का दुईवटा खेल हुँदैछन् ।

कतारको अल थुमामा रंगशालामा हुने पहिलो खेलमा साविक विजेता फ्रान्सले पोल्यान्डविरुद्ध खेल्दैछ । यो खेल नेपाली समयानुसार राति ८ः४५ बजेदेखि सुरु हुनेछ ।

फ्रान्स समूह ुडीु को विजेताको रूपमा र पोल्यान्ड समूह ुसीु को उपविजेताको रूपमा प्रिक्वार्टरफाइनल आएका हुन् ।

यस्तै, आजको दोस्रो खेलमा राति १२ः४५ बजे इङ्ल्यान्ड र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ । यो खेल कतारको अल बायत रंगशालामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077