Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कर्ण थापालाई हराउँदै बाजुरामा कांग्रेसका सहमहामन्त्री बद्री निर्वाचित

    कर्ण थापालाई हराउँदै बाजुरामा कांग्रेसका सहमहामन्त्री बद्री निर्वाचित

    अनलाइन नेपाल
  • आइतबार, १८ मंसिर २०७९
  • 1.3K
    SHARES

    बाजुरा । बाजुराबाट नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । पाण्डेले एमालेका कर्णबहादुर थापालाई ५ हजार ४३७ मतान्तरले पराजित गरेका हुन् ।

    बुधबारबाट सुरुको मतगणनाको आइतबार आएको परिणाम अनुसार पाण्डेले ३१ हजार ७८६ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका स्थानीय कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेशका सहइन्चार्ज थापाले २६ हजार ३४९ मत पाए ।



    ०६४ पछि बाजुरामा कांग्रेले पहिलो पटक चुनाव जितेको छ । ०७० र ०७४ मा बाजुरामा एमाले चुनाव जितेपनि कांग्रेसका पाण्डेले कांग्रेसलाई कमब्याक गराएका छन् ।



    बाजुरामा बुथ कब्जा भएको भन्दै एमालेले मतगणनामा अवरोध गरेपछि निर्वाचन भएको ११ दिनपछि मात्रै मतगणना सुरु भएको थियो।

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार